काठमाडौं । एनएमबि बैंकमा विभिन्न १६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा १६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।
बैंकमा सबैभन्दा धेरै सेयर भएको कम्पनी एफएमओ नेदरल्याण्डस हो । यस कम्पनीको बैंकमा १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी सञ्चय कोषको ५.५३ प्रतिशत अर्थात् १ करोड १ लाख ५० हजार ७२९ कित्ता सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।
यस्तै, यंग लियन रियल्टी एसडीएनविएचडी मलेसियाको ४.२२ प्रतिशत अर्थात् ७७ लाख ४२ हजार २७० कित्ता, गाईत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.को १.८२ प्रतिशत अर्थात् ३३ लाख ५१ हजार ६०२ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै, नन्द किशोर राठीको १.६८ प्रतिशत अर्थात् ३० लाख ९३ हजार ३२० कित्ता, धनन्जय प्रसाद आचार्यको १.५३ प्रतिशत अर्थात् २८ लाख ६ हजार १६१ कित्ता, सुनिल कुमार गोशालीको १.०४ प्रतिशत अर्थात् १९ लाख १ हजार ९८७ कित्ता, सुशिल कुमार गोशालीको ०.९५ प्रतिशत अर्थात् १७ लाख ५० हजार ३१६ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै, पवन कुमार गोल्यानको ०.९२ प्रतिशत अर्थात् १६ लाख ९६ हजार ७३२ कित्ता, योगेन्द्र लाल प्रधानको ०.९१ प्रतिशत अर्थात् १६ लाख ७४ लाख १०१ कित्ता, सन्तोष देवी मुरारकाको ०.७९ प्रतिशत अर्थात् १४ लाख ५९ हजार २२२ कित्ता, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशत अर्थात् १२ लाख ९५ हजार ४९२ कित्ता सेयर स्वामित्व रहेको छ ।
यस्तै, पशुपति मुरारकाको ०.५८ प्रतिशत अर्थात् १० लाख ७२ हजार २६३ कित्ता, सन्तोष राठीको ०.५८ प्रतिशत अर्थात् १० लाख ५८ हजार ६९७ कित्ता, दिनवन्धु अग्रवालको ०.५३ प्रतिशत अर्थात् ९ लाख ७२ हजार ५७४ कित्ता र बलराम न्यौपानेको ०.५२ प्रतिशत अर्थात् ९ लाख ५४ हजार ८९४ कित्ता सेयर स्वामित्व रहेको छ ।
बैंकका अनुसार सञ्चालक उत्तम भ्लोनको २ लाख २१ हजार ९७१ कित्ता र शिरिष कुमार मुरारकाको ४१ हजार १४५ कित्ता सेयर लगानी छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीको ६ हजार ५९५ कित्ता सेयर रहेको जनाएको छ ।
यस्तै, बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायको ५ हजार ८३७ कित्ता, प्रमुख संचालन अधिकृत तथा कम्पनी सचिव प्रमोद कुमार दाहालको ४०६ कित्ता, प्रमुख लगानी अधिकृत श्रिजेश घिमिरेको १ हजार ७१५ कित्ता, प्रमुख अधिकृत एमएसएमई तथा सब्सिडी कर्जा प्रमुख डा. बुद्धि कुमार मल्लको ३४९ कित्ता र प्रमुख ट्रेड फाइनान्स पुष्पा अर्यालको १ हजार २ सय कित्ता सेयर रहेको बैंकले जनाएको छ ।