काठमाडौं । यशोदा फुड्सको ब्राण्ड एम्बास्डरमा एरिक नियुक्त भएका छन् । यशोदा फुड्सले नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनीका मार्की खेलाडि एवम् कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बास्डरमा नियुक्त भएका हुन् ।
कम्पनीले कप्तान एरिकसँग एक वर्ष अवधिका लागि सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । यशोदा फुडसँग जोडिन पाउँदा खुसी लागेको र कम्पनीलाई उचाइमा पुर्याउन सहयोग गर्ने एरिकले बताए ।
एनएसएलमा करेन्टले बुटवल लुम्बिनीलाई पनि प्रायोजन गरेको थियो । यशोदा फूड्स करेन्ट चाउचाउ, चिज बल लगायतको उत्पादक कम्पनी हो ।