पुर्वाधार निर्माण सम्पन्न गर्न संकटकाल घोषणा गर्छु : प्रधानमन्त्री प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटकाल घोषणा गरेर भएपनि पुर्वाधार निर्माण सम्पन्न गर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुर्वाधार निर्माण सम्पन्न गर्न आवश्यक परे संकटकाल घोषणा गर्ने बताए । साथै, पुर्वाधारण निर्माणका लागि दुई सिफ्टमा काम गर्ने परिपाटीको विकास [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटकाल घोषणा गरेर भएपनि पुर्वाधार निर्माण सम्पन्न गर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुर्वाधार निर्माण सम्पन्न गर्न आवश्यक परे संकटकाल घोषणा गर्ने बताए । साथै, पुर्वाधारण निर्माणका लागि दुई सिफ्टमा काम गर्ने परिपाटीको विकास गर्ने उनको भनाइ छ ।

एक वर्षअघि ३ महिनामात्रै धान्ने विदेशी मुद्रा हाल इतिहासकै उच्च रहेको उनको भनाइ छ । साथै, सधैं घाटामा जाने सार्वजनिक संस्थान नाफामा जान लागेको उनले बताए ।

यही साता प्रधानमन्त्री कार्यालयको संरचना परिवर्तन गर्ने उनले बताए ।

Share News