मैले सोचेअनुसारको आर्थिक वृद्धि भएको छैन : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोचेअनुसारको आर्थिक वृद्धि नभएको बताएका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै उनले सो बताएका हुन् । ‘सम्पूर्ण आर्थिक सूचकहरु सकारात्मक छन् । अहिले विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च छ । संस्थानहरु नाफामा जाँदै छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आर्थिक वृद्धिदर मैले सोचेको भन्दा कम छ । यसको लागि मैले [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोचेअनुसारको आर्थिक वृद्धि नभएको बताएका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

‘सम्पूर्ण आर्थिक सूचकहरु सकारात्मक छन् । अहिले विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च छ । संस्थानहरु नाफामा जाँदै छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आर्थिक वृद्धिदर मैले सोचेको भन्दा कम छ । यसको लागि मैले राजनीतिक नेतृत्व र कर्मचारी राखेर छलफल गरिसकेको छु’, उनले भने ।

उनले नियोगका अधिकारीहरु फिर्ता बोलाउने समेत बताए । प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन हुन नसक्दा अपेक्षित उपलब्धि हुन नसकेको उनको भनाइ छ । साथै उनले आगामी आर्थिक वर्षको बजेट फागुन महिनाभित्रैबाट शुरु गर्ने समेत बताए ।

Share News