
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपाली समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्दै केही व्यक्तिहरुले सो हिनताबोधलाई समेत मलजल गर्ने बताए ।
‘अहिले नेपाली समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको छु । एकथरीले त मलजल गर्न खोजिरहेका छन्’, उनले भने ।