मीन घलेको टीमले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । पटक पटक गरी सो समूहले १३४८ किलो सुन तस्करी गरेको अध्ययन समितिले निष्कर्ष निकालेको हो । ‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । पटक पटक गरी सो समूहले १३४८ किलो सुन तस्करी गरेको अध्ययन समितिले निष्कर्ष निकालेको हो ।

‘पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ’,छानबिन समितिले भनेको छ ।

घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष समितिले निकालेको छ। समितिको अनुसन्धानले घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक-पटक दुवईबाट सुन लिई आउने गरेको देखाएको छ ।

तस्करी गरेर ल्याएको सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ कार्यालय सहयोगी लेकबहादुर तामाङ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिले निष्कर्ष निकालेको छ ।

२२ मंसिरमा दुबईबाट काठमाडौं आउने क्रममा गोरखा, बारपाकका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । सोही विषयलाई लिएर मंसिर २२ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धानपश्चात आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

छानबिन समितिको प्रतिवेदनको पूर्णपाठ

[pdf id=454241]

Share News