आजदेखि सबै उच्च अदालतहरुमा स्वचालित पेसी प्रकृया लागू हुने

<p>काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख प्रणाली लागू हुने भएको छ । कर्मचारीहरुले तोक्दै आएको पेशी र तारेखमा डिजिटल माध्यमको जडान गरी स्वचालित प्रणाली कार्यान्वयन गरिने भएको हो । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले बिहान ११ बजे पाटन उच्च अदालतबाट सेवाको शुभारम्भ गर्दै स्वचालित प्रणाली कार्यान्वयनमा आउने सर्वोच्च प्रशासनले जनाएको छ [&hellip;]</p>

काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख प्रणाली लागू हुने भएको छ । कर्मचारीहरुले तोक्दै आएको पेशी र तारेखमा डिजिटल माध्यमको जडान गरी स्वचालित प्रणाली कार्यान्वयन गरिने भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले बिहान ११ बजे पाटन उच्च अदालतबाट सेवाको शुभारम्भ गर्दै स्वचालित प्रणाली कार्यान्वयनमा आउने सर्वोच्च प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित प्रणालीबाट मुद्दाको पेशी तोक्ने व्यवस्थाको शुरुवात गरिसकेका छन् ।

Share News