एनआईसी एशिया लघुवित्तको १५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ढकाल निर्वाचित

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्तको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न लघुवित्तको छैठौँ वार्षिक साधारण सभाले १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश(कर समेत) पारित गरेको हो । बिहिबार धरान उपमहानगरपालिका वडा नं. १२ सुनसरीमा सम्पन्न भएको उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०७९/८० को सञ्चालक [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्तको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न लघुवित्तको छैठौँ वार्षिक साधारण सभाले १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश(कर समेत) पारित गरेको हो ।

बिहिबार धरान उपमहानगरपालिका वडा नं. १२ सुनसरीमा सम्पन्न भएको उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ ।

त्यस्तै, सभाले लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाललाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । ढकाल सभामा सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट सञ्चालकमा मनोनित भएका थिए । साथै, नवनिर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी समेत सम्हालेका छन् ।

Share News