मेरो माइक्रोफाइनान्सले पनि लाभांश नदिने

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले आफ्नो मुनाफाबाट लाभांश वितरण नगरी संचितीमै राख्ने निर्णय गरेको छ । त्यस्तै, संस्थाले कम्पनीको २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ ।

पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० मा लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । कम्पनीले आफ्नो मुनाफाबाट लाभांश वितरण नगरी संचितीमै राख्ने निर्णय गरेको छ ।

त्यस्तै, संस्थाले कम्पनीको २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

Share News