काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले पनि सरकारलाई करबापत पौने ६८ लाख रुपैयाँ बुझाएका छन् ।
चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार दुई लघुवित्तले कूल ६७ लाख ८७ हजार ४५१ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएका हुन् ।
जसमध्ये साधना लघुवित्तले १८ लाख ३७ हजार ५ सय रुपैयाँ र उन्नति सहकार्य लघुवित्तले ६७ लाख ८७ हजार ४५१ रुपैयाँ सरकारलाई कर बुझाएका हुन् ।
हालै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएसँगै साधना लघुवित्तले विगतमा संस्थाहरु एक आपसमा गाभिँदा वा प्राप्ती (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) तथा हकप्रद सेयरलिलाम गर्दा प्रिमियम बापत प्राप्त रकम गत मंसिर २९ गते गोरखाको करदाता कार्यालयमा बुझाएको संस्थाले जानकारी गराएको छ ।
त्यसैगरी, सहकार्य लघुवित्तले पनि विगतमा मर्जरमा सौदावादी गर्दा प्राप्त लाभ र हकप्रद सेयर लिलाम गरी प्राप्त भएको प्रिमियम रकमलाई आयमा समावेश गरी भैरहवाको आन्तरिक राज्स्व कार्यालयमा बुझाएको जानकारी गराएको छ ।