काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले पुस २७ गते काठमाडौंमा बिहान ११ बजे १२ औं साधारणसभा बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधा र चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिइएको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।