काठमाडौं महानगरद्वारा दुईटा औषधि पसल शिलबन्दी, एउटाले पायो सुधारको मौका

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैदिन २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । महानगरले वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलका औषधि पसल शिलबन्दी गरेको हो । यसैगरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई महानगरले सुधारका लागि १५ दिनको समय दिइएको छ । स्वास्थ्य [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैदिन २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । महानगरले वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलका औषधि पसल शिलबन्दी गरेको हो ।

यसैगरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई महानगरले सुधारका लागि १५ दिनको समय दिइएको छ ।

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा शिलबन्दी गर्नु परेको बताए ।

अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो ।

Share News