काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा छ जना न्यायाधीशलाई नियुक्त गरेका हुन् ।
सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् । नवनियुक्त न्यायाधीशहरूमध्ये सुवेदी, मुलसमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत थिए भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता थिए । यसअघिको संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।