बैंकहरूले कमाए ४ महिनामा पौने २१ अर्ब नाफा, नबिलले सबैलाई टप्दा प्राइम चौथोमा उक्लियो

<p>काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरूले झण्डै २१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत कार्तिकसम्म २० वटा वाणिज्य बैंकहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । ४ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । यस [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरूले झण्डै २१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत कार्तिकसम्म २० वटा वाणिज्य बैंकहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

४ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकले कात्तिकसम्म २ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको हो । यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ र प्राइम बैंकले १ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेका हुन् ।

यस्तै, हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले १ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ८ करोड २ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख रुपैयाँ, कुमारी बैंकले ८८ करोड ८० लाख रुपैयाँ, सानिमा बैंकले ७७ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकले ६६ करोड ८१ लख रुपैयाँ नाफा गरेका हुन् ।

यस्तै, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५८ करोड २४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ नाफा गरेका हुन् ।

गत कात्तिकसम्मको तथ्याङ्क अनुसार कृषि विकास बैंकले भने नोक्सानी बेहोर्नु परेको छ । बैंक २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा छ ।

Share News