कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

<p>काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News