बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकले पनि बुझायो कर

<p>काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९ हजार ७ सय ५७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो । बैंकले साविकको बागमती डेभलपमेन्ट बैंकको प्राप्तिमा सौदावजी [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ ।

चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९ हजार ७ सय ५७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो ।

बैंकले साविकको बागमती डेभलपमेन्ट बैंकको प्राप्तिमा सौदावजी गर्दा प्राप्त लाभ र हकप्रद सेयर लिलाम गरी प्राप्त भएको प्रिमियम रकमलाई आयमा समावेश गरी कर तिरेको बैंकले जानकारी गराएको छ ।

Share News