गरिमा क्यापिटलले म्युचुअल फण्डको योजना व्यवस्थापकको रुपमा कार्य गर्न अनुमति पायाे

<p>काठमाडौं । गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मङ्सिर २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानुनको अधिनमा रही सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएकाे छ । कमलपोखरी, काठमाडौंमा मुख्य कार्यालय रहेको गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंक हो । [&hellip;]</p>

काठमाडौं । गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मङ्सिर २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानुनको अधिनमा रही सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएकाे छ ।

कमलपोखरी, काठमाडौंमा मुख्य कार्यालय रहेको गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंक हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । यसैगरी, निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी दिएकाे छ ।

गरिमा क्यापिटल, गरिमा विकास बैंकको सहायक कम्पनी हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको जनाएकाे छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने बैंकले बताएकाे छ।

Share News