डा. गोविन्द केसीले आजदेखि सत्याग्रह शुरु गर्ने

<p>काठमाडौं । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन सत्याग्रको घोषणा गरेका हुन् । उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनले शुक्रबार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताए । विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पुरा नगरेको [&hellip;]</p>

काठमाडौं । डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले तीन सत्याग्रको घोषणा गरेका हुन् । उनले सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनले शुक्रबार साँझ ५ बजेबाट सत्याग्रह शुरु गर्ने बताए । विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पुरा नगरेको उनको आरोप छ ।

‘यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त्य गर्नु हाम्रो कर्तव्य बन्न जान्छ, विगत लामो समयदेखि यि मुद्दाहरु उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौँ, तर पनि अवस्था परिवर्तन भएको छैन, त्यसैले जवाफदेही बनाउनका लागि हामीले देहायका मागसहित मंसिर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दछौँ’, उनले भने ।

केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शिघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनेः चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधारामा सरकारी मेडिकल कलेजहरु खोल्ने, सय शैय्या भन्दा बढी क्षमता भएका एका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरु शुरु गर्ने माग गरेका छन् ।

त्यस्तै, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानूनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबण्डा निषेध गर्दै आफूसँ यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने, एकीकृत प्रतिष्ठान ऐन शिघ्र जारी गर्न र सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त्य गर्नका लागि कानूनी व्यवस्था गर्न माग गरेका छन् ।

Share News