एक दजर्न बढी ठेकेदार कम्पनी कालोसूचीमा

<p>काठमाडौं । विभिन्न आयोजना अलपत्र तथा समयमा काम पुरा नगर्ने १२ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार ४ सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई ३ वर्ष कालोसूचीमा राखेको छ । [&hellip;]</p>

काठमाडौं । विभिन्न आयोजना अलपत्र तथा समयमा काम पुरा नगर्ने १२ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार ४ सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई ३ वर्ष कालोसूचीमा राखेको छ । यसका मुख्य व्यक्ति सरोज कुमार शाह हुन् ।

यस्तै, पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवा तथा मख्य व्यक्ति लक्ष्मण पाण्डेय र नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा तथा मुख्य व्यक्ति बम बहादुर कुर्मीलाई २ वर्ष कालोसूचीमा राखिएको छ ।

यस्तै, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढ/डेढ वर्ष (१ व्र्ष ६ महिना)कालोसूचीमा राखिएको छ ।

Share News