
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रर्तनकारी उद्यमीहरुलाई पुरस्कृत प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै ख्याती आर्जन गरेका उद्यमीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार सूचना, प्रविधि, कृषि, उर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविस्कार लगायतका क्षेत्रमा नवप्रवर्तनकारी ज्ञान सीप र क्षमताको प्रयोग गरी ख्याती आर्जन गरेका उद्यमीहरुले आफ्नो प्रस्ताव पेस गर्न सक्छन् । आइतबारबाट तीस दिनको समयभित्र प्रस्ताव पेस गर्न सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको सूचना र आवेदकले भर्नुपर्ने फारमको ढाँचा ।