व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सुरु

<p>काठमाडौं । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सुरु भएको छ । सुरक्षित एवं स्वस्थ्य कार्यस्थलका साथै श्रमिक शक्तिमा उद्योगको उत्पादकत्व निर्भर रहने कुरालाई आत्मसात गरी उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा बिहीबारदेखि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिमको सुरु भएको हाे । तीन दिनसम्म सञ्चालन हुने तालिममा संगठनका कार्यवाहक अध्यक्ष सुवोध कोईरालालाले प्रविधिको [&hellip;]</p>

काठमाडौं । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सुरु भएको छ ।

सुरक्षित एवं स्वस्थ्य कार्यस्थलका साथै श्रमिक शक्तिमा उद्योगको उत्पादकत्व निर्भर रहने कुरालाई आत्मसात गरी उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा बिहीबारदेखि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिमको सुरु भएको हाे ।

तीन दिनसम्म सञ्चालन हुने तालिममा संगठनका कार्यवाहक अध्यक्ष सुवोध कोईरालालाले प्रविधिको विकाससंगै कार्यस्थलमा जोखिम र जटिलताका साथै नयाँ चूनौतिहरु थपिदै गएको अवस्थामा कार्यस्थललाई स्वस्थ्य, सुरक्षित, व्यवस्थित मर्यादित बनाउनु पर्ने आवश्यकतालाई वोध गरी संगठनले तालिमको आयोजना गरेको बताए ।

श्रमिकको सुरक्षा र स्वास्थ्यले उद्योगको उत्पादकत्व, वस्तुको गुणस्तरका साथै औद्योगिक विकासमा समेत प्रभाव पर्ने भएकाले जोखिम रोकथाम र न्यूनिकरणका उपायहरु सबैले अवलम्वन गर्नुपर्ने धारणा राखे । उनले असल उत्पादनको अभ्यासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

तालिमका प्रशिक्षक एवं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विशेषज्ञ दिनेश प्रसाद शाहले तीन दिने तालिममा नीतिगत र कानुनी प्रावधानहरु, व्यवस्थापन पद्धती र सुरक्षा योजना, सुरक्षित कार्यस्थल विकास, जोखिम पहिचान एवं व्यवस्थापन र जोखिम नियन्त्रणका बारेमा उद्योग प्रतिष्ठानका व्यवस्थापकहरुलाई ब्यवहारिक ज्ञान दिइने बताए ।

उनले तालिम अवधिमा सहभागि भएका उद्योग प्रतिष्ठानहरुका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको पद्धती विकास गरिने बताउदै मानवीय एवं भौतिक क्षति न्यूनिकरण, उत्पादन प्रकृया एवं पद्धतीलाई जोखिममुक्त बनाउने, मेशिन औजारको सुरक्षित संचालन विधिका विषय तालिमका समेटिएको जानकारी दिए ।

सुनसरी मोरङ औद्योगिक करिडोरका वीश उद्योग प्रतिष्ठानका व्यवस्थापक, प्रशासक र प्राविधिक गरी पच्चीस जनाको तालिममा सहभागिता रहेको छ ।

Share News