नाडा अध्यक्षमा करण चौधरी उम्मेदवारी घोषणा

<p>काठमाडौं । अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को निर्वाचन आगामी पुस २० र २१ गते तय भएसँगै आगामी कार्यकालको नेतृत्व कसले गर्ला भनेर चासोको विषय बनेको छ । पछिलो समयमा अध्यक्षका आकांक्षीहरूको रुपमा सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरी र फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका [&hellip;]</p>

काठमाडौं । अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को निर्वाचन आगामी पुस २० र २१ गते तय भएसँगै आगामी कार्यकालको नेतृत्व कसले गर्ला भनेर चासोको विषय बनेको छ । पछिलो समयमा अध्यक्षका आकांक्षीहरूको रुपमा सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरी र फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाबीच प्रतिस्पर्दा हुँने देखिएको थियो ।

तर, वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीको उम्मेदवारी घोषणाले यो दौड त्रिपक्षीय हुँने देखिएको हो । यधपी करण चौधरी र आकाश गोल्छाले आधिकारिक रुपमा घोषणा भने गरेका छैनन् ।

उम्मेदवारी घोषणाको अन्योललाई हटाउन करण चौधरीले पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । एक युवा अटो व्यवसायीको रुपमा परिचित चौधरीलाई सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ)राजनबाबु श्रेष्ठ लगायतका अटो व्यवसायीहरुको साथ रहेको छ ।

उम्मेदवारी घोषणा गर्नु अगाडीनै निर्वाचनको लागि चाहिने आवश्यक गृहकार्य सुरु भैसकेको चौधरीले बताए । यधपी नाडाको भावी अध्यक्षको लागि सर्वसम्मतको प्रयास पनि जारी रहेको उनको भनाइ छ । सर्वसम्मत नभए निर्वाचनको विकल्प नहुँने, र सो भएमा आफुलाई नेपालभरीका व्यवसायीहरुको साथ रहेको हुनाले निर्वाचन पूर्ण रुपमा जित्ने विश्वास चौधरीले व्यक्त गरेका छन् ।

Share News