काठमाडौं । कर्मचारी सञ्चय कोषले कोहिनुर हिल हाउजिङलाई पुनः लिलामीमा राखेको छ । कोषबाट ऋण लिएर चुक्ता नगरेपछि कोहिनुर हिल हाउजिङलाई गत भदौ १४ गते लिलाममीमा राखेको थियो । तर, उक्त समयमा बिक्री नभएपछि पुनः कोषले पुनः लिलामीमा राखेको हो ।
कर्मचारी सञ्चय कोषले कोहिनुर हिल हाउजिङ ऋण तर्न पटक पटक ताकेता गरेको थियो । कोहिनुर हिलले कोषबाट साँवा र ब्याजसहित १ अर्ब रुपैयाँभन्दा बढी कर्जा चुक्ता गर्नु पर्नेछ । कोहिनुर हिलका सञ्चालक सुधीर बस्नेत हुन् ।
ऋणी कोहिनूर हिल हाउजिङ्गको १०-९-२-० रोपनी जग्गा कोषको नाममा दृष्टिबन्धक छ । ललितपुरको साविक इमाडोल गा.वि.स. ४ स्थित कित्ता नम्बर ८०, ८४, ८९, ५६६, ५७९, ५८०, ५८१, ५८२, ५८४, ७५२, ७५३, ७७२, ७७३, ७७४, ८४६, ८४७, ८४८, ८५०, ९२३, ९६०, ९६२, १०२८, ३३६, १०३१, ९६६, ९१८ को कूल क्षेत्रफल १०-९-२-० जग्गा र सोमा निर्माणाधीन आवासीय भवनहरू रहेको कोषले जनाएको छ ।
कोषलेले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी २१ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
यदि कोहिनुर हिलका सञ्चालक बस्नेतले २१दिन अगावै ऋण चुक्ता गरे लिलामी प्रक्रिया स्थगित गर्ने कोषले बताएको छ ।
सुधीर बस्नेतले ऋण नतिरेपछि सञ्चय कोषले लिलामीमा राख्यो कोहिनुर हिल हाउजिङ