पोड वे सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कामको प्रकृया अगाडि बढ्यो

<p>काठमाडौं । राज्यको कानून तथा नीतिको दायरामा नसमेटिएको यातायात सम्बन्धी नयाँ प्रविधि पोड वेको नीति, कानून र मापदण्डको कामलाई सरकारले अगाडि बढाउने भएको छ । सरकारले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४’ लाई संशोधन गर्दै पोड वे सम्बन्धी नीति, कानून र मापदण्ड बनाउने कार्यक्षेत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भएको निर्णय गरेको छ । सरकारले मंसिर [&hellip;]</p>

काठमाडौं । राज्यको कानून तथा नीतिको दायरामा नसमेटिएको यातायात सम्बन्धी नयाँ प्रविधि पोड वेको नीति, कानून र मापदण्डको कामलाई सरकारले अगाडि बढाउने भएको छ । सरकारले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४’ लाई संशोधन गर्दै पोड वे सम्बन्धी नीति, कानून र मापदण्ड बनाउने कार्यक्षेत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भएको निर्णय गरेको छ ।

सरकारले मंसिर ७ गते ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४’ को अनुसूची २ को क्रमसंख्या १० को १६ नम्बर बुँदामा संशोधन गरेर ‘पोड वे, स्काई रेल, स्काई ट्रलीबस, जलमार्ग लगायत वैकल्पिक यातायात सम्बन्धी नवीन प्रविधिको पहिचान, अध्ययन, नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन’ राखिएको छ । सरकारले पोड वे सम्बन्धी नीति र कानून निर्माण प्रकृयालाई अगाडि बढाएसँग सो प्रविधिको नेपालमा विकास गर्ने मार्ग खुलेको छ ।

नेपालमा पोड वे प्रविधिको यातायात साधन भित्र्याउनको लागि लामो समयदेखि काठमाडौं पोड वे कम्पनीले पहल गर्दै आएको छ ।

Share News