निक्षेप खाता र ऋणपत्रबाट प्राप्त हुने ब्याजमा कर लाग्छ : लक्ष्मी सनराइज बैंक

<p>काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजबाट हुने आम्दानीमा कर लाग्ने बताएको छ । बैंकले शुक्रबार सचेतनामुलक सन्देश जारी गर्दै बचत वा मुद्दती निक्षेप खाता तथा ऋणपत्रबाट प्राप्त हुने ब्याज एक प्रकारको आम्दानी भएकाले कर लाग्ने बताएको हाे। कुनै पनि बैंक वा वित्तीय संस्थामा बचत वा मुद्दती खातामा भएको रकम वा कुनै ऋणपत्र तथा बण्डबाट प्राप्त [&hellip;]</p>

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजबाट हुने आम्दानीमा कर लाग्ने बताएको छ । बैंकले शुक्रबार सचेतनामुलक सन्देश जारी गर्दै बचत वा मुद्दती निक्षेप खाता तथा ऋणपत्रबाट प्राप्त हुने ब्याज एक प्रकारको आम्दानी भएकाले कर लाग्ने बताएको हाे।

कुनै पनि बैंक वा वित्तीय संस्थामा बचत वा मुद्दती खातामा भएको रकम वा कुनै ऋणपत्र तथा बण्डबाट प्राप्त हुने ब्याज पनि एक प्रकारको आय भएकाले कर लाग्ने बैंकले जनाएको छ ।

‘बचत वा मुद्दती खातामा भएको रकम वा कुनै ऋणपत्र तथा बण्डमा प्राप्त हुने ब्याज पनि एक प्रकारको आय भएकोले यसमा कर लाग्छ, यस्तो कर ब्याज प्रदान गर्ने बैंक वा वित्तीय संस्थाले ब्याजबाट कट्टी गरी सरकारी राजस्व खातामा जम्मा गर्ने गर्दछन्,’ बैंकले सूचनामा भनेको छ ।

यस प्रकारको कर कुनै पनि प्राकृतिक व्यक्तिको हकमा हाल ६ प्रतिशत कट्टी गर्ने व्यवस्था रहेको छ ।

Share News