दुर्गा प्रसाईंको प्रदर्शन क्षेत्रमा प्रहरीले चलायो मोबाइल नेटवर्क जाम गर्ने ‘जामर’

<p>काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरिरहेको काठमाडौं बल्खु क्षेत्रमा मोबाइल नेटवर्क बिच्छेद गराउने ‘जामर’ मेसिन जडान गरेको गाडी परिचालन गरेको छ । बल्खु क्षेत्रमा प्रदर्शनकारीहरुबीचमा झडप हुने अवस्था सिर्जना हुँदै गएपछि प्रहरीले सो प्राविधिक गाडी परिचालन गरेको बुझिएको छ । प्रहरीले एमाले नेता महेश बस्नेतले नेतृत्व गरेको तिनकुने क्षेत्रमा पनि सो [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरिरहेको काठमाडौं बल्खु क्षेत्रमा मोबाइल नेटवर्क बिच्छेद गराउने ‘जामर’ मेसिन जडान गरेको गाडी परिचालन गरेको छ । बल्खु क्षेत्रमा प्रदर्शनकारीहरुबीचमा झडप हुने अवस्था सिर्जना हुँदै गएपछि प्रहरीले सो प्राविधिक गाडी परिचालन गरेको बुझिएको छ ।

प्रहरीले एमाले नेता महेश बस्नेतले नेतृत्व गरेको तिनकुने क्षेत्रमा पनि सो गाडी परिचालन गरेको छ । प्रदर्शनकारीहरु भएको ठाउँमा जामर परिचालन भएपछि प्रदर्शनकारीहरुको मोबाइल नेटवर्क बिच्छेद भएर उनीहरुले एकअर्काबीचमा सञ्चार गर्न सक्दैनन् ।

Share News