सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको आयोगमा चारजना थप गर्ने मन्त्रिपरिषद्को निर्णय

<p>काठमाडौं । सरकारले सुनको अवैध तस्करी नियन्त्रसम्न्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहित विभिन्न पाँचवटा निर्णय गरेको हो । मंसिर ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २. प्राविधिक शिक्षाको [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । सरकारले सुनको अवैध तस्करी नियन्त्रसम्न्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहित विभिन्न पाँचवटा निर्णय गरेको हो ।

मंसिर ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।
२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने ।
३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने, रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट ।
४. नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।
५. उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।

Share News