ट्यान्गोपे मार्फत युकेबाट पैसा पठाउँदा आइफोन जित्न सकिने

<p>काठमाडौं । ईसेवा मनी ट्रान्सफरले युके स्थित ट्यान्गोपे को साझेदारीमा आइफोन योजना ल्यएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागू हुने कम्पनीले जनाएको छ । जस अन्तर्गत युकेबाट ट्यान्गोपे मार्फत रेमिट्यान्स पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्ने कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा [&hellip;]</p>

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले युके स्थित ट्यान्गोपे को साझेदारीमा आइफोन योजना ल्यएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागू हुने कम्पनीले जनाएको छ । जस अन्तर्गत युकेबाट ट्यान्गोपे मार्फत रेमिट्यान्स पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्ने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका सुनिश्चित गर्न सकिनेछ । ईसेवा मनी ट्रान्सफर, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुदा सहज सुविधाको सुनिश्चित पनि गर्दछ।

ईसेवा मनी ट्रान्सफर प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। ट्यान्गोपे को साझेदारीमा आइफोन योजना सुचारू भए संगै अब युके बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई आइफोन जित्न सक्नुहुनेछ।’

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

Share News