३ वटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजना, मन्त्रिपरिषदले गर्यो २५ निर्णय

<p>काठमाडौं । सरकारले विराटनगर, मुलपानी र भरतपुरको क्रिकेट रंगशलालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्ने सहित २५ वटा निर्णय गरेको हो । मन्त्रिपरिषद्ले एशियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिव १३ अर्ब [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । सरकारले विराटनगर, मुलपानी र भरतपुरको क्रिकेट रंगशलालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्ने सहित २५ वटा निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले एशियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिव १३ अर्ब २६ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने र गणतन्त्र पोर्चुगलका लागि नेपाली राजदुत पदमा पाल्पाका शनिल नेपाल नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल र कतारबीचको युवा तथा खेलकुद सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र जैविक विविधता एवं प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँचऔंले लगायतका अन्य जडिबुटी तथा रुख प्रजातिहरुको संकलन, कटान, उपोग, ओसारपसार, बिक्री वितरण वा विदेश निकासीमा प्रतिवन्ध लगाउने सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

साथै, पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गठित विज्ञ समूहको सुझावसहितको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने, मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने लगायत २५ वटा निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

Share News