अब इन्धनमा लाग्दै आएको करमध्ये ५ रुपैयाँ बुढी गण्डकीका लागि छुट्याउनु पर्ने

<p>काठमाडौं । अब इन्धनमा लाग्दै आएको करमध्ये ५ रुपैयाँ बुढी गण्डकी आयोजनका लागि छुट्याउनु पर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको [&hellip;]</p>

काठमाडौं । अब इन्धनमा लाग्दै आएको करमध्ये ५ रुपैयाँ बुढी गण्डकी आयोजनका लागि छुट्याउनु पर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी आयोजनाका लागि छुट्याउने निर्णय गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । तर, पछि सो आयोजनाका लागि कर छुट्याउन छोडिएको थियो ।

बरु त्यसको सट्टामा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।

Share News