काठमाडौं । सेन्ट्रल फाईनान्सले विद्यालयमा कम्प्युटर सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ ।
सेन्ट्रल फाईनान्स भक्तपुर शाखाले भक्तपुर नगरपालिका, वडा नं.१० स्थित श्री हंसबाहिनी आधारभुत विद्यालय, वडा नं.९ स्थित श्री ब्रम्हाचारिणी आधारभुत विद्यालय गरी दुई विद्यालयलाई कम्प्युटर, थ्री इन वन प्रिन्टर तथा युपीएस एक/एक सेट र श्री ब्रह्मायणी आधारभुत विद्यालयलाई विद्यालयको छतमा फल्स सिलिङको लागि ५० हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको भक्तपुर शाखा प्रमुख कान्छी मैंया प्रजापतिले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापकहरु क्रमशः सूर्यबहादुर फोंजु, राधिका मैंया कोजु तथा तीर्थलक्ष्मी धन्छालाई वितरण गरेका थिए ।
यस सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यमा सहयोग पुग्ने विचार विद्यालयका प्रधानाध्यापकहरुले ब्यक्त गरे । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक शिक्षिकाहरु तथा फाईनान्सका कर्मचारीहरुको पनि उपस्थिति थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।