नेपाली बैंकरहरु विश्व बजारमा उत्कृष्ट काम गरिरहेका छन् : अध्यक्ष केसी

<p>काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली बैंकरहरुले विश्व बजारमा उत्कृष्ट काम गरिरहेको बताएका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अध्यक्ष केसीले धेरै जना नेपाली बैंकरहरु विदेशी बैंकको सीईओ भएर काम गरिरहेको बताए । ‘नेपाली बैंकरहरु विश्व बजारकमा बिक्ने भएका छन्, धेरै जना [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली बैंकरहरुले विश्व बजारमा उत्कृष्ट काम गरिरहेको बताएका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अध्यक्ष केसीले धेरै जना नेपाली बैंकरहरु विदेशी बैंकको सीईओ भएर काम गरिरहेको बताए ।

‘नेपाली बैंकरहरु विश्व बजारकमा बिक्ने भएका छन्, धेरै जना विदेशका बैंकहरुमा सीईओ भएर काम गरिरहेका छन्, नेपालका बैंकर विदेशका जुनसुकै देशमा पनि काम गर्न सक्ने अवस्थामा छन् ।’ उनले भने ।

उनका अनुसार नेपालमा स्रोत साधन धेरै भएकोले उक्त वस्तुको सम्भावना भएको देश नेपाल हो । लगानीका लागि नेपालमा जलविद्युत क्षेत्रको अथाह सम्भावना रहेको उनको भनाइ छ ।

उनले सबैको सहकार्यले बैंकिङ क्षेत्रलाई थप मजबुद बनाउनु पर्नेमा जोड दिए ।

‘नेपालको बैंकिङ क्षेत्र उत्कृष्ट छ, नेपाली बैंकिङले सेवा तथा व्यापार क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ, नेपालको बैंकिङले अर्थतन्त्रसँगै दीगो विकासमा महत्त्वपूर्ण काम गरेको छ,’ उनले भने ।

Share News