धितोपत्र बोर्डले सात दर्जन बढी कम्पनीलाई सोध्यो स्पष्टीकरण

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सोमबार बसेको बोर्डको बैठकले धितोपत्र नियमअनुसार समयमा नै विवरण नबुझाउने ८८ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बोर्डले गत साउन ११ गते सूचीकृत कम्पनीलाई समयमा नै विवरण बुझाउन सूचित गरेको थियो । तर, ८८ वटा कम्पनीले अटेरी गरेपछि बोर्डले कारबाहीको प्रक्रिया थालेको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सोमबार बसेको बोर्डको बैठकले धितोपत्र नियमअनुसार समयमा नै विवरण नबुझाउने ८८ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बोर्डले गत साउन ११ गते सूचीकृत कम्पनीलाई समयमा नै विवरण बुझाउन सूचित गरेको थियो । तर, ८८ वटा कम्पनीले अटेरी गरेपछि बोर्डले कारबाहीको प्रक्रिया थालेको हो ।

समयमा विवरण नबुझाए बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ अनुसार सूचीकृत कम्पनीले बोर्डमा त्रैमासिक विवरण बुझाउनु पर्ने हुन्छ । तर, यो अनुसूचीअनुसार कम्पनीले विवरण नबुझाए ऐनबमोजिम कारबाही गरिने बोर्डले जनाएको छ ।

Share News