
काठमाडौं । एशिएन बैंकर एसोशिएसनले काठमाडौंमा दुई दिने सम्मेलन गर्ने भएको छ । नेपाल बैंकर संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक २३ र २४ गते ‘रोडम्याप फोर रिकभरी एशिएन बैंकिङ इण्डष्ट्री’ विषयमा सम्मेलन गर्ने जानकारी दिएको हो ।
उक्त सम्मेलन बिहान साढे ८ बजेदेखि सुरु हुने छ । सम्मेलनमा बैंकिङ्ग क्षेत्रको अबको बाटो, डिजिटल ट्रान्सफोर्मेसन, वातावरणीय, सामाजिक गभर्नेन्स विषयमा छलफल हुने छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सम्मेलन आयोजनाको तयारी भइरहेको बताएको छ । सम्मेलनमा एशिया क्षेत्रका बैंकरहरुको उपस्थिती रहने छ ।
एशियन बैंकर्स संघको केन्द्रीय कार्यालय ताइवानमा छ । यस संघको २५ देशमा ६० सदस्य रहेका छन् । यस संघमा एशिया क्षेत्रका मात्रै बैंकहरु सदस्य रहन्छन् ।