प्राइम कमर्सियल बैंकले भूकम्प पीडितलाई २५ लाख ५१ हजार सहयोग गर्ने

<p>काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति बेहोर्नु परेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक सहयोग घोषणा गरेको हो । कम्पनी सचिव राजकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले विज्ञप्ति जारी गर्दै विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति बेहोर्नु परेको अकल्पनीय घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक सहयोग घोषणा गरेको हो ।

कम्पनी सचिव राजकुमार कार्कीले जारी गरेको विज्ञप्तिमा तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।

Share News