पच्चिस प्रतिशतले बढ्यो खाद्यान्न आयात

<p>काठमाडौं । चालुु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) खाद्यान्न आयात २५.३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनामा २५ प्रतिशतले बढेर १९ अर्ब ९४ करोड ५३ लाख नौ हजार रुपियाँको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २६ करोड २१ लाख दुई [&hellip;]</p>

काठमाडौं । चालुु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) खाद्यान्न आयात २५.३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनामा २५ प्रतिशतले बढेर १९ अर्ब ९४ करोड ५३ लाख नौ हजार रुपियाँको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ ।

गत वर्ष सो अवधिमा १५ अर्ब २६ करोड २१ लाख दुई हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । चालु आवको पहिलो महिनादेखि नै खाद्यान्न आयात बढ्दै गएको छ । बजारमा खाद्यान्नको माग बढेसँगै आयातमा वृद्धि भएको हो । स्थानीय उत्पादनले माग धान्न नसक्नु र खाने बानीमा आएको परिवर्तनका कारण खाद्यान्नको आयात बढ्ने गरेको हो ।

गत आवमा भारतले चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी (प्रतीतपत्र) मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको थियो । विभागको तथ्याङ्क अनुसार तीन महिनामा दुई अर्ब ६२ करोड ९० लाख ६९ हजार रुपियाँको तीन करोड ४८ लाख दुई हजार केजी मकै आयात भएको छ ।

यस्तै तीन महिनामा दुई अर्ब ९२ करोड ९० लाख ५२ हजार रुपियाँको तीन करोड ९८ लाख ५४ हजार रुपियाँको धान आयात भएको तथ्याङ्क छ । दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपियाँ बराबरको ७३ लाख ५२ हजार ६६८ केजी चामल आयात भएको छ । यस्तै ६४ करोड ४८ लाख ९४ हजार रुपियाँको एक करोड ५८ लाख ६७ हजार केजी गहुँ आयात भएको छ । ६० लाख ८१ हजार रुपियाँको जौ, २४ करोड ५३ लाख रुपियाँको कोदो, ५३ लाख ४० हजार अन्य अनाज आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा खाद्यान्न आयात हुने गर्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आवमा धान उत्पादन ६.९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको छ । खाद्यान्न ९चामल, मकै, गहुँ, कोदो, फापर० प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी आवश्यकता पर्नेमा यस हिसाबले चामल उपभोग प्रतिव्यक्ति प्रतिवर्ष १२१ केजी पुग्ने देखिएकामा नेपालमा औसत प्रतिव्यक्ति प्रतिवर्ष करिब १३७ केजी उपभोग भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आवश्यकता वार्षिक ४० लाख मेट्रिक टन रहेकामा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले अझै वार्षिक चार लाख ८० हजार मेट्रिक टन चामल कमी देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुँदै गएको र काम गर्ने युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले माग अनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । भारत, चीन, अर्जेन्टिना, साउथ अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट नेपालमा खाद्यान्न आयात हुने गर्छ । गोरखापत्रबाट ।

Share News