तीन वटा नियामकलाई लेखा समितिको प्रश्नै प्रश्न : प्रिमियममा आईपीओ निकाल्दा असर त गर्दैन ?

<p>काठमाडौं । सार्वजनिक लेखा समितिले आईपीओ निष्काशन प्रक्रियामा प्रश्न उठेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । ‘कम्पनीको आईपीओ निष्काशन [&hellip;]</p>

काठमाडौं । सार्वजनिक लेखा समितिले आईपीओ निष्काशन प्रक्रियामा प्रश्न उठेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

‘कम्पनीको आईपीओ निष्काशन प्रक्रियाका बारेमा उजुरी परेको छ, सार्वजनिक रुपमा प्रश्न समेत उठेका छन्, त्यसैले सेबोन र बीमा प्राधिकरणलाई केही प्रश्नसहित ७ दिनभित्र स्पष्टिकरण गर्न भनेका हौं,’ विकासन्युजसँग भने ।

उनका अनुसार आईपीओ निष्काशन प्रक्रियाले पार्ने प्रभाव, सर्वसाधारणलाई पर्ने असर, मुलुकको राजस्वमा पर्ने असर, मूल्याङ्कनका विधि के हुन्, कानुन आकर्षित हुन्छन् की हुँदैन भन्ने विषयमा समितिले लिखित जवाफ माग गरेको हो ।

पछिल्लो समय विभिन्न कम्पनीहरुले धमाधम प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न थालेपछि समितिले पत्राचार मात्रै गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए । उनका अनुसार समितिमा प्राप्त उजुरीका आधारमा आईपीओ निष्काशन प्रक्रियामा भएका गतिविधि र कागजात उपलब्ध गराउन निर्देशन दिइएको हो ।

‘सार्वजनिक महत्वका विषयमा समितिमा उजुरी पर्छन्, प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको विषयमा उजुरी प्राप्त भएको थियो, त्यसमा के कसो भएको हो भनेर सेबोन, बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो,’ उनले भने ।

तर, आईपीओ निष्काशन प्रक्रिया रोक्न निर्देशन नदिएको सचिव गिरी बताउँछन् । प्राप्त भएका कागजातका आधारमा समितिले थप अध्ययन गरेर निर्णय गर्ने उनको भनाइ छ ।

‘तीनै संस्थाले पठाएको प्रमाणका आधारमा समितिले अध्ययन गर्छ, प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया कानुनसम्मत् छ की छैन हेर्छ, सबै ठिक छ भने प्रक्रिया अघि बढ्छ, यदि कानुनसम्मत् छैन भने किन नभएको भनेर समितिले थप निर्णय लिन्छ,’ उनले भने ।

Share News