वडा सदस्यमा हारेका पद्माका श्रीमान सहकारीको अध्यक्षमा पनि पराजित

<p>स्याङ्जा । स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएका नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मिपति पौडेल सहकारीको निर्वाचनमा पुन: पराजित भएका छन् । स्याङ्जा जिल्लाकै ठूलो मध्यको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा भएको निर्वाचनमा पौडेल यामकान्त खनालसँग पराजित भएका हुन् । अध्यक्ष पदमा खसेको २६११ मतमा विजयी उम्मेदवार यामकान्त [&hellip;]</p>

स्याङ्जा । स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएका नेकपा (एमाले) केन्द्रीय सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मिपति पौडेल सहकारीको निर्वाचनमा पुन: पराजित भएका छन् । स्याङ्जा जिल्लाकै ठूलो मध्यको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा भएको निर्वाचनमा पौडेल यामकान्त खनालसँग पराजित भएका हुन् ।

अध्यक्ष पदमा खसेको २६११ मतमा विजयी उम्मेदवार यामकान्त खनालले १५७१ मत ल्याएका थिए भने पराजित पौडेलले जम्मा ७१५ मत प्राप्त गरेका थिए । पछिल्लो समयमा अलोकप्रिय हुँदै गएका व्यक्तिलाई पार्टीले बोकेर निर्वाचन गराउँदा सो नतिजा आएको भन्दै एमाले कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विचार अभिव्यक्त गरेका छन् ।

Share News