शुक्रबार रातिको भूकम्पमा रुकुमपश्चिममा मृत्यु भएकामध्ये २७ जनाको सनाखत

<p>काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ जनामध्ये १९ जना बालबालिका छन् । मृतक बालबालिकामा सानीभेरी गाउँपालिका–२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, [&hellip;]</p>

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उपलब्ध गराएको विवरणमा पहिचान भएका २७ जनामध्ये १९ जना बालबालिका छन् । मृतक बालबालिकामा सानीभेरी गाउँपालिका–२ का १२ वर्षीय मनिषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन् ।

सोही गाउँपालिका–४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ । आठविसकोट नगरपालिका–११ गौरी गाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीय आशा कामी, ६ वर्षीय दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ । यस्तै सोही नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, वडा नम्बर १४ का तीन वर्षीय बासु बुढा, पाँच वर्षीय भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीय सरिता विक, १३ वर्षीय मदन गौतमको पनि मृत्यु भएको छ ।

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६‍.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए ।

Share News