भूकम्प अपडेट : १२८ जनाको निधन हुँदा सयौं घाइते, अस्पतालका बेड भरिभराउ

<p>काठमाडौं । शुक्रबार राति जाजरकोट र पश्चिम रुकुम लगायतका क्षेत्रमा गएको भूकम्पमा परेर  १२८ जनाको मृत्यु भएको खुलेकाे छ । नेपाल प्रहरीका अनुसार हालसम्म १२८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार १४० जना बढी घाइते भएका छन् । भूकम्पमा परेर रुकुम पश्चिममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने जाजरकाेटमा ९२ जनाकाे निधन भएकाे छ। घाइतेहरुको [&hellip;]</p>

काठमाडौं । शुक्रबार राति जाजरकोट र पश्चिम रुकुम लगायतका क्षेत्रमा गएको भूकम्पमा परेर  १२८ जनाको मृत्यु भएको खुलेकाे छ । नेपाल प्रहरीका अनुसार हालसम्म १२८ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार १४० जना बढी घाइते भएका छन् ।

भूकम्पमा परेर रुकुम पश्चिममा मात्रै ३७ जनाको मृत्यु भएको छ भने जाजरकाेटमा ९२ जनाकाे निधन भएकाे छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले जिल्लाको चारवटा वडामा बढी क्षति पुगेको बताइन् । उनका अनुसार, अस्पतालहरुमा बिरामी ल्याउने क्रम बढिरहेको छ ।

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६‍.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए ।

Share News