काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् । उनी स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ लागेका हुन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्पले ३७ जनाको निधन भइसकेको छ भने सयौं घाइते छन् । प्रधानमन्त्रीले शनिबारका सम्पूर्ण कार्यक्रम स्थगित गरेर त्यसतर्फ लागेका हुन् । उनी सहभागी हुने भनिएका शनिबारका कार्यक्रमहरु कतिपय रद्द गरिएका छन् भने कतिपय स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।