काठमाडौं । शनिबार काठमाडौंको विभिन्न ठाउँमा विद्युत अवरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसाररु शनिबार चार घण्टा विद्युत अवरुद्द हुने भएको हो ।
प्राधिकरणका अनुसार शनिबार बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म विद्युत अवरुद्द हुने भएको हो । काठमाडौंको सिंहदरबारदेखि स्युचारटारसम्म मर्मत कार्य रहेकोले विद्युतको लाइन अवरुद्द हुने प्राधिकरणको भनाइ छ ।
‘शनिबार नेपाल विद्युत प्राधिकरणको सिंहदरबारदेखि स्युचाटार सम्मको मर्मत कार्य गर्ने तालिका रहेकोले बिहान ७ देखि ११ बजेसम्म विद्युत आपूर्ति बन्द भई मोबाइल संचालनमा समेत असर पर्न गई हाम्रा सेवाहरु प्रभावित हुन सक्ने जानकारी गराउन चाहन्छौं, यसबाट ग्राहकवर्गहरुमा पर्न जाने सम्भावित असुविधा प्रति हामी क्षमाप्रार्थी छौं,’ प्राधिकरणले भनेको छ ।