आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने नेपाल एसबिआई बैंकको प्रतिवद्धता

<p>काठमाडौं । नेपाल एसबिआई बैंकका कर्मचारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रतिवद्धता गरेका छन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’ का अवसरमा उनीहरूले बैंकको सेवा, माध्यम र खाता सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकका कर्मचारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रतिवद्धता गरेका छन् ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’ का अवसरमा उनीहरूले बैंकको सेवा, माध्यम र खाता सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना गर्न प्रतिज्ञा गरेका हुन् ।

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् ।

Share News