काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २०.५२ प्रतिशत घटेर ५ करोड ६ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३३.२७ प्रतिशत घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड १ लाख रुपैयाँ गरेको थियो ।
असोज मसान्तसम्म लघुवित्तको कुल सञ्चालन मुनाफा २६.६० प्रतिशत घटेर ९ करोड ८ लाख रुपैयाँ, सञ्चालन मुनाफा २०.५२ प्रतिशत घटेर ७ करोड २४ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २० करोड ४७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ, जगेडा कोष ११.५१ प्रतिशत बढेर ४८ करोड ६३ लाख रुपैयाँ, सापटी १३.३८ प्रतिशत घटेर ६ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ र कर्जा ६.८५ प्रतिशत घटेर ७ अर्ब १३ करोड १६ लाख रुपैयाँमा झरेको छ ।
खुद नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी ८.१७ रुपैयाँ घटेर १७.६६ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४२.३७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.६३ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा (एनपीएल) १.९१ प्रतिशत पुगेको छ भने आधार दर ११.९४ प्रतिशत रहेको छ ।