
तस्बिर : बिएनएन ब्रेकिङ
काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रको निर्देशकमा बंगालादेशकी साइमा बाजेद चयन भएकी छन् । भारतको नयाँदिल्लीमा सोमबारदेखि सञ्चालन भएको डब्लुएचओको दक्षिण पूर्वी एशियाको ७६ औं बैठकले क्षेत्रीय निर्देशक चयन गरेको हो ।
बाजेद बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । नेपालले क्षेत्रीय निर्देशको लागि डा. सम्भु आचार्यलाई प्रस्ताव गरेको थियो ।