
तस्बिर द हिन्दुबाट
काठमाडौं । विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक आज चुनिने भएको छ । भारतको नयाँदिल्लीमा सोमबारदेखि सञ्चालन भएको डब्लुएचओको दक्षिण पूर्वी एशियाको ७६ औं बैठक क्षेत्रीय निर्देशक चयन गर्ने भएको हो ।
विश्व स्वास्थ्य संगठनको दक्षिण-पुर्वी एशिया क्षेत्रीय निर्देशकमा नेपालले लामो समयदेखि विश्व स्वास्थ्य संगठनमा काम गर्दै आएका डा. सम्भु आचार्यलाई प्रस्ताव गरेको छ भने सोही पदका लागि बंगालादेशले प्रधानमन्त्री शेख हसिनाकी छोरी डा. साइमा बाजेदलाई प्रस्ताव गरेको छ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण-पुर्वी एशिया क्षेत्रमा नेपालसहित बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र पूर्वी टिमोर गरी ११ देश रहेका छन् । सो क्षेत्रका बहुमत देशका स्वास्थ्य मन्त्रीहरुले मत दिएर निर्देशक चयन गर्नेछन् । तर, म्यानमारमा सैनिक शासन कायम भएकाले यसपटक उसले भने निर्देशक चयनमा मतदान गर्न पाउने छैन ।