प्याजको मूल्य वृद्धि थप हुन सक्ने, महँगो बन्दै भान्सा

<p>काठमाडौं । तरकारीमा झन्डै अनिवार्य रुपमा प्रयोग गरिने प्याजमा पछिल्लो साता भारी मूल्य वृद्धि भएको छ । ठूलो हिस्सा भारतबाट आयात हुने र भारतको बजारमा अत्याधिक मूल्य वृद्धि भएपछि नेपालको बजारमा त्यसको असर परेको हो । आइतबार भारतीय बजारमा प्रतिकेजी ८० देखि एक सय भारुसम्म प्याजको मूल्य पुगेको छ भने काठमाडौंको कालीमाटी थोकबजारमा प्रतिकेजी १०७ [&hellip;]</p>

काठमाडौं । तरकारीमा झन्डै अनिवार्य रुपमा प्रयोग गरिने प्याजमा पछिल्लो साता भारी मूल्य वृद्धि भएको छ । ठूलो हिस्सा भारतबाट आयात हुने र भारतको बजारमा अत्याधिक मूल्य वृद्धि भएपछि नेपालको बजारमा त्यसको असर परेको हो ।

आइतबार भारतीय बजारमा प्रतिकेजी ८० देखि एक सय भारुसम्म प्याजको मूल्य पुगेको छ भने काठमाडौंको कालीमाटी थोकबजारमा प्रतिकेजी १०७ रुपैयाँ पुगेको छ । भारतको बजारको तुलनामा नेपालमा प्याजको मूल्य झन्डै एकतिहाई सस्तो उपलब्ध छ ।

भारतीय बजारमा प्याजको मूल्यमा निरन्तर वृद्धि हुन थालेपछि भारत सरकारले निर्यातको लागि न्यूनतम मूल्य तोक्ने काम गरेको छ । भारत सरकारले बफर समयको लागि प्याजको भण्डारका लागि भन्दै २ लाख टन खरिद गर्ने भएको छ । साथै निर्यातमा कायम गरिएको मूल्य डिसेम्बर अन्तिमसम्म लागू हुने भारत सरकारले जनाएको छ ।

मौसमका कारणले भारतमा प्याजको रोपाइमा ढिला भएको र उत्पादन आउन पनि ढिला भएको कारणले प्याजको मूल्यमा वृद्धि भएको अनुमान गरिएको छ । नेपाल लामो समयदेखि खाद्यान्न तथा तराकारी फलफूलमा भारतसँग निर्भर हुँदै आएकाले भारतमा हुने मूल्य वृद्धिको सोझो असर नेपाली बजारमा परेको देखिन्छ ।

अझै दुई महिनासम्म भारतले प्याजको निर्यात मूल्य निर्धारण गरेको र भारतीय बजारमा प्याजको मूल्यमा दैनिक रुपमा नै वृद्धि भइरहेकोले नेपालमा पनि आगामी दिनमा अधिक मूल्य वृद्धि हुनसक्ने अनुमान गर्न सकिन्छ । भारतीय सरकारले बफर समयका लागि भन्दै प्याजको स्टक बढाउने र निर्यातमा कडाई गर्ने नीति लिएका कारण पनि नेपाली बजारले लामो समयसम्म प्याजको मूल्यवृद्धि खेप्नुपर्ने देखिन्छ ।

Share News