दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल

<p>काठमाडौं । दशैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ । दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका [&hellip;]</p>

काठमाडौं । दशैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् ।

नेपालीहरुको महान चाड बडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ । काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ ।

दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ ।

Share News