दशैँमा किसानलाई धान भित्र्याउने चटारो

<p>काठमाडौं ।  ललितपुरका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो छ । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन लागिपरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा [&hellip;]</p>

काठमाडौं ।  ललितपुरका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो छ । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ ।

ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन लागिपरेका छन् । यसवर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनी झेल्दै आएका छन् । धानबाली भित्र्याउन काममा खटिनुभएका खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दशैँको बेलामा पनि दशैँ मनाउन छोडेर धान काट्न व्यस्त रहेको बताए ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउने जस्ता कारणले यस वर्षको उत्पादनमा कमी आएको बताए । खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।

Share News