
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै डा. केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । भोटिङ प्रत्यक्ष र अनलाइन विधिबाट गरिएको थियो ।
मतदानमा डा. केसीले १३८७ मत प्राप्त गरेका छन् भने शर्मा र श्रेष्ठले क्रमशः १२८१ र १२२५ मत प्राप्त गरेका छन् ।